प्रकाशित मिति – २६ साउन, २०८१
काठमाडौं – पूर्व सुरक्षा परिषद नेपालको काठमाण्डौ जिल्ला परिषद गठन कार्यक्रम सुरु भएको छ।
कागेश्वरी मनोहरा ९ काँडाघारीमा रहेको सान व्याङकीटमा संचालन भइरहेको उक्त कार्यक्रमको अध्यक्षता काठमडौं जिल्ला अध्यक्ष जयराम दुलालले गरेका छन भने प्रमुख अतिथिमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल उपस्थित रहेका छन।
खनाल उक्त कार्यक्रममा पुग्दा बाजागाजासहित भव्य स्वागत गरिएको थियो। उक्त कार्यक्रममा सुरक्षासँग सम्बन्धित धेरै अतिथिहरु उपस्थित हुनुका साथै युवा अभियन्ता अजय श्रेष्ठ पनि उपस्थित भएका छन्।
