प्रकाशित मिति – २२ असार, २०८२
काठ्माडाैँ – काठमाडौंको गोकर्णेश्वर नगरपालिका कार्यालयअगाडि प्रदर्शन गरेका तीन जनामाथि कुटपिट भएको छ।
आइतबार बिहान करिव सवा १० बजे गोकर्णेश्वर नगरपालिका-८ छहारी क्लबस्थित नगरपालिकाको गेटअगाडि तीन जनाले प्रदर्शन गरेका थिए।
उक्त पालीका भित्र रहेका नेपाल मेडिकलेज र अर्थोपेडिक अस्पताल कम्पाण्डमा पार्किङ शुल्क लिएको भन्दै तीन जनाले प्रदर्शन गरेका हुन्।
३३ वर्षीय राजु सुनार, २७ वर्षीय आदर्श क्षेत्री र ३३ वर्षीय गोविन्द आचार्यले बाटोमा सुतेर विरोध गरेका थिए। उनीहरूले विरोध गरेपछि स्थानीय तथा कर्मचारीसँग विवाद भएको प्रहरीले जनाएको छ।
प्रहरी त्यहाँ पुग्दा उनीहरूले आफूहरूमाथि कुटपिट भएको जानकारी गराएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। पिडित पक्षले नगरपालीकाकाे मिलेमताेमा कुटपिट भएकाे आराेग लगाएका छन।
त्यसपछि उनीहरूलाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको छ। तीनै जनाको अवस्था सामान्य छ।
