प्रकाशित मिति – २६ साउन, २०८१
काठमाडौं – चर्चित गायिका देवी बस्नेतको स्वरमा मौलिक तीज गीत नाँच्ने रहर सार्वजनिक भएको छ। Tilak Pariyar नामको YouTube Channel मा प्रकाशित उक्त उक्त गितमा देवी सँगै निर्मला देवी बस्नेतको पनि स्वर रहेको छ।
मौलिक भाकामा तयार पारिएको उक्त गीतमा सुमित्रा गुरुङ, तिलक ठकुरी चिट्टीले अभिनय गरेका छन भने ठकुरीले नै उक्त गीतको भिडियो निर्देशन गरेका छन।
यतिबेला सामाजिक संजालमा धेरै रुचाइएको उक्त तीज गीतमा संगीत भने तिलक परियार र डम्बर चन्द बगरको रहेको छ।
देवी बस्नेत लामो समयसम्म कलाकारीता क्षेत्रमा सक्रिय भएकी गायिका हुन। उनीले गाएका दर्शन बढी गीतहरू हिट भएका छन्। उनीकै स्वरमा रहेको सिस्ने हिमाल गीत ५१ लाख पटक हेरिएको निकै चर्चित गित हो। त्यसैगरी सिस्ने हिमाल २, रहरै भो घरबारे बन्न, मेरो देश र सानु माया जस्ता थुप्रै गीतहरूमा पनि उनिको स्वर रहेको छ।
उक्त नाँच्ने रहर तीज गीतको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोला
