प्रकाशित मिति – ०७ भाद्र, शनिबार

हिन्दू नेपाली महिलाहरुको प्रमुख पर्व ‘हरितालिका तीज’ २०८२ को अवसर पारेर तीज विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

काठ्माडाैँ – टावर फुडल्याण्ड एण्ड व्याङक्वट नैकापमा सम्पन्न भएकाे अर्थरक्षा बहुउद्देशिय सहकारी संस्थान लिमिटेडद्वारा आयाेजित उक्त कार्यक्रमकाे अध्यक्षता सहकारीका अध्यक्षसमेत रहेका सुरेश खड्काले गर्नुभएकाे थियाे भने सुरेन्द्र प्रसाद उप्रेतीकाे प्रमुख आथित्यता रहेकाे थियाे। त्यस्तै विशिष्ट अतिथिमा सहकारीका म्यानेजिङ डाइरेक्टर आकाश पुन मगर, संगीता खड्का कार्की, सागर महत्रा, सुनिता सुवेदी र धन कुमारी तामाङकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अतिथिहरुले तिजकाे अवसरमा शुभकामना मन्तव्य पनि राख्नुभएकाे थियाे। सहकारीकाे नयाँ साधारण सहस्य लिनेहरु सबैलाई संस्थाले प्रमाणपत्रसहित दाेसल्ला ओढाएर सम्मान पनि गरेकाे थियाे। उपस्थित सबैजना तीजका सुमधुर गीतहरुमा भरपुर मनोरन्जन लिँदै कम्मर भाँचीभाँची नाँच्नुभएकाे थियाे। कार्यक्रमलाई रौनक बनाउन महिलाहरुको भिडमा पुरुषहरु पनि उफ्रउफ्रि नाँच्नुभएकाे थियाे ।

औपचारिक कार्यक्रम छाेटाे र अर्थपुर्ण भएकाे थियाे भने तीज विशेष कार्यक्रम भएकाले नाँचगानसहित दर खाने कार्यक्रम पनि भएकाे थियाे। यहि भाद्र ६ गते शुक्रबार सम्पन्न भएकाे कार्यक्रमकाे संचालन भने देविन्द्र थापाले गर्नुभएकाे थियाे।

अन्तमा कार्यक्रमका अध्यक्ष सुरेश खड्काले पछिल्लाे समय सहकारीका साधारण सदस्य लिनेहरुलाई स्वागत र प्रशिक्षात्मक मन्तव्य पनि राख्नु भएकाे थियाे। खड्काले पछिल्लाे समय नेपालमा सहकारीकाे अवस्था कस्ताे छ, धेरै सहकारीहरु किन किन बन्द हुन पुगे र धेरै किन विवादमा परे र हजाराैँ चुनाैतीकाे विचमा पनि अर्थरक्षा सहकारी कुनै पनि विवादमा नपरि कसरी संचालन हुन सफल भयाे भन्नेबारेमा गहकिला अनुभवहरुमार्फत सबैलाई प्रकाश पार्दै कार्यक्रम सम्पन्न गर्नुभएकाे थियाे।

फाेटाेहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय