प्रकाशित मिति ५ पुष, २०८२
जुनतारा खबर, काठमाडाैँ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। शनिबार काठमाडौंमा भएको पार्टीको एकता सभामा बोल्दै उनले चुनाव सारे देश दुर्घटनामा पर्ने बताए ।
निर्वाचन सार्ने भनेर हल्ला सुन्न आएको भन्दै त्यो आफ्नो पार्टीलाई मान्य नभएको बताए । ‘निर्वाचन सारियो भने नेपाल कम्युनिष्ट पार्टीले ७७ नै जिल्लाबाट विद्रोह गर्छ, हामी चुप बस्दैनौं, यसलाई धम्की नठानियोस्’ उनले भने। देशको स्थायित्वका लागि फागुन २१ मै निष्पक्ष निर्वाचनको विकल्प नभएको उनको भनाई छ ।
