मिति – १४ वैशाख, २०८१ ।
काठमाण्डौ – विगत लामो समयदेखि सडक दुर्घटना परी थला परेकी सल्यानकी दीपा कुमारी केसीको उपचारको लागि लाखौँ सहयोग जुटेको छ। मध्यपश्चिम मीडिया ग्रुप एण्ड रिसर्च सेन्टर प्रालीले शुरू गरेको सहयोग अभियानमा हालसम्म करिब ३२९१९० (३ लाख उनान्तीस हजार एक सय नब्बे रुपैयाँ) सहयोग जुटेको र सबै रकम हस्तन्तरण भइसकेको छ।
लामो समयदेखि निरन्तर चलिरहेको अभियान अन्तर्गत पछिल्लोपटक मीना वली, उर्मीला बस्नेत, विमला भण्डारी, राधा केसी, पुष्पा रावत, प्रेम प्रकाश बस्नेत गायतको नेतृत्वमा देश तथा विदेशमा बस्ने धेरै जनाले गरी एक लाख अठार हजार तीन सय एकतीस रुपैयाँ सहयोग उठेको हो।
सडक दुर्घटना परेपछि सिङ्गो परिवार घाइते भएपछि यतिबेला दीपाको परिवारको दैनिकी चलाउन निकै समस्या भएको छ। श्रीमानले पनि छोडेर गएपछि थप समस्यामा परेको उनले बताइन। करिब २० वटा अप्रेसन भइसकेको र अझै दर्जनौं अप्रेसन गर्नुपर्ने भएकोले उपचारको लागि लाखौँ चाहिने उनले बताइन।
धेरै प्रयास गर्दा पनि खुट्टा निको नभएपछि अब घुँडा मुनिको काटेर फाल्नुपर्ने हुँदा त्यसको लागि धेरै पेस चाहिने भएकोले सबैलाई सहयोगको लागि अपिल समेत गरेकी छिन दीपाले।
पछिल्लो समय उठेको रकम मीना वली, उर्मीला बस्नेत, विमला भण्डारी सहयोग दीपा कुमारी केसिकै कोठामा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो।
पुरा भिडियो हेर्हेन तलको लिंक कमhttps://youtu.be/jwk2NEwPy1Y?si=kQEkXSSWMCIxF9Ba
