प्रकाशित मिति – ३२ असार, २०८२

काठमाडौँ । जापानमा निश्चित सीपयुक्त कामदार पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण भएको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले सन् २०१९ मा भएको दुई देशबिचको समझदारी थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको हो ।

सन् २०१९ मार्च २० मा भएको उक्त समझदारीको अवधि मार्च १९, २०२४ मै सकिइसकेको थियो । तर, सरकारले हाल आएको उक्त समझदारी मार्च १९,२०२४ देखि नै लागू हुने गरी ५ वर्षका लागि थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बुधबार जानकारी दिए ।

‘नेपाल र जापान सरकारबिच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय भएको छ’, उनले भने ।

समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८० सालमै ‘जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ लागू गरेको थियो ।

गाेकर्णका मेयरकाे भिडियाे हेर्नुहाेला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय