२०८१ पुष, ०५
काठ्माडाैँ। नेकपा एमालेका युवा नेता तथा समाजसेवी पुण्य गौतमले एकैदिन २ बिरामीलाई आर्थिक सहयोग प्रदान गरेका छन ।
गौतमले लामो समयदेखि नेपाल भारत मैत्री अस्पतालमा उपचाररत राममाया कपाटी र आर्मी अस्पतालमा उपचाररत ब्लड क्यान्सर पीडित सिता राईलाई एकैदिन रु १५ हजार आर्थिक सहयोग प्रदान गरेका हुन । गौतम आफै मित्रपार्क स्थित नेपाल भारत मैत्री अस्पतालमा पुगेर राममाया कपाटीलाई रु ३ हजार आर्थिक सहयोग हस्ता्तरण गरेका हुन भने क्यान्सर पीडित सिता राईलाई गौशालाको एक कार्यक्रममा मार्फत उहाँका श्रीमान नेत्र किराँतीलाई रु १२ हजार नगद आर्थिक सहयोग प्रदान गरेका हुन।
गौतमले यसअघि विभिन्न समयमा विभिन्न समस्या परेका हजारौं जना नेपालीलाई लाखौं आर्थिक सहयोग सँगै विभिन्न सहयोग प्रदान गरिसकेका छन्। समाजसेवा भेनेसी हुरुक्क हुने गौतमले देश तथा विदेशमा बस्ने सबै नेपाललाई कपाटी र राईलाई बचाउनको लागि सहयोग गरिदिन अपिल समेत गरेका छन्।
भिडियाे हेर्न तल क्लिक गर्नुहाेस
https://fb.watch/wB4KxsLo4L/
