प्रकाशित मिति – २५ साउन, २०८१, काठमाडौं

जुनतारा खबर – चर्चित गायिका योगमाया घर्ती मगरको मैदानै लरर.. सारी फरर.. नामको मौलिक तीज गीत सार्वजनिक भएको छ। उक्त गितमा योगमाया स्वयमको र अर्को चर्चित गायिका प्रमिला स्वर रहेको छ भने योगमाया स्वयमले बाई संगीत रहेको छ।

मौलिक भाकामा तयार पारिएको उक्त गीतमा निहारिका थापाको अभिनय गरेकी छिन अमोन राणाले भने भिडियोको निर्देशन गरेका हुन। योगमाया घर्ती मगर २०५५ सालदेखि निरन्तर कला क्षेत्रमा लागेर देश विदेशमा चर्चा कमाउन सफल गायिका हुन।

उनीले विभिन्न राष्ट्रिय तथा अन्तरपहिले अवार्ड पनि जितेकी छिन। उतिबेला नै उनीले गाएका दर्जनौं गीतहरू रेडियो नेपाल लगाया विभिन्न संचार माध्यममा घन्किने गर्थे। घर्तीको लामो सांगेतिक यात्रामा थुप्रै उतारचढाव आएपनि कलाकारीता क्षेत्रलाई निरन्तरता दिँदै आएकी छिन।
पछिल्लो समय कला क्षेत्रमा आएका विभिन्न विकृतिको अन्त्य गर्दै मौलिक परम्परा जोगाउन उनीले विभिन्न माध्यमबाट आवाज उठाउँदै आएकी छिन्। लोकदोहरी प्रतिष्ठान लगायत निकायले गितमा आएका विकृति हटाउन पहल नगरे त्यसको लागि सडकमा जान सक्ने संकेत पनि उनीले गरेकी छिन्।

मैदानै लरर सारी फरर गीत Yogmaya Gharti YouTube Channel मा सार्वजिकभइसकेको छ।

भिडियो लिंक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय