प्रकाशित मिति चैत्र – १, २०८२
काठमाडाैँ – रास्वपा सचिवालय बैठकले ५७ समानुपातिक सांसदका नाम सिफारिस गरेको छ । ४८ महिला र ९ पुरुष सिफारिस गरेको सचिवालय सदस्य गणेश पराजुलीले जानकारी दिए ।
पार्टीका प्रवक्ता मनिष झाले सचिवालयले जिम्मेवारी दिएर कमर्चारी र सचिवालय सदस्यहरूबाट आइतबार नैतोकिएको समयभित्र नाम निर्वाचन आयोगमा पठाइने बताए ।
‘जब हामीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा हामीले नाम बुझाउँछौँ । उहाँहरूले रूजु गर्नुहुन्छ र प्रमाणीकरणको प्रक्रिया हुन्छ । त्यसपछि निर्वाचन आयोगले सो नामहरू सार्वजनिक गर्छ । राजनीतिक र कानुनी रूपमा आयोगले नामहरू प्रमाणित नगरेसम्म ती नाम हाम्रो तर्फबाट प्रस्तावित नाम मात्र हुनेछ,’ उनले भने ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट हासिल गरेको छ ।
क्लस्टरअनुसार यस्तो छ प्रस्ताव
- खस आर्य : १७ जना
- आदिवासी जनजाति : १६ जना
- मधेशी : ९ जना
- दलित : ८ जना
- थारू : ४ जना
- मुस्लिम : ३ जना
