प्रकाशित मिति – ०३ असार, मंगलबार

काठमाडाैँ – के तपाइलाई थाहा छ सरकारले ३ प्रदेशका १५ वटा अस्पतालहरुबाट निशुल्क रुपमा मुटुराेगकाे उपचार गरिहरेकाे छ। धेरै नेपालीहरुलाई याे कुरा थाहा नहुन सक्छ त्यसकारण सबैले भिडियाे शेर गरेर ३ कराेड नेपालीसम्म पुर्याउनुहाेला। । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशका यि १५ अस्पतालहरू मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहेकाे छ।
मुटुमा हुने स्वास्थ्य समस्याहरूमा महाधमनीको शल्यक्रिया, मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नुपर्नेमा, मुटुको भल्व पूर्णरुपमा क्षति भएको उपचारको लागि एक लाखसम्मको सहुलियत दिँदै आएकाे छ गर्छ ।
निशुल्क सेवा लिनकाे लागि विपन्न बिरामीले स्थायी बसोबास भएको वडाको सिफारिस पत्रसहित सम्बन्धित अस्पतालमा जानुपर्ने स्वास्थ्य मन्त्रालय जनाएको छ ।
यि हुन तीन प्रदेशका मुटुरोग सम्बन्धी सेवा दिने अस्पतालहरू यी हुन् ।

बागमती प्रदेश अन्तर्गत वीर अस्पताल, त्रि.वि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल, कान्ति बाल अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, मनमोहन कार्डियो महाराजगन्ज, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, चितवन मेडिकल कलेज,चितवन, बयोदा अस्पताल, बल्खु, धुलिखेल अस्पताल काभ्रे र भरतपुर अस्पताल भरतपुर बाट याे सेवा लिन सकिन्छ।
त्यस्तै कोशी प्रदेश अन्तर्गत वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर र न्युरो कार्डियो मल्टिस्पेसियालिटीबाट याे सेवा लिन सकिन्छ।
त्यस्तै लुम्बिनी प्रदेश अन्तर्ग गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलबाट मुटुसम्बन्धी याे सेवा लिन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय