प्रकाशित मिति – २३ भाद्र, २०८१

जुनतारा खबर – कर्णाली युथ फाउन्डेसनको अध्यक्षमा सल्यानका मोहन प्रकाश वली चयन भएका छन। काठमाण्डौको बुद्धनगरमा सम्पन्न भएको एक कार्यक्रमबाट नेपाली काँग्रेस सल्यानका निर्वाचित जिल्ला सदस्य तथा सुधार आवाजका अध्यक्ष समेत रहेका वली सर्वसहमतीबाट निर्वाचित भएका हुन।

कर्णाली प्रदेशलाई फोकस गरेर गठन गरिएको कर्णाली युथ फाउन्डेसनले कर्णालीलाई चिनाउन र युवाहरूसँग सम्बन्धित काम गर्ने निर्वाचित अध्यक्ष वलीले जुनतारा खबरलाई जानकारी दिएका छन। उनका अनुसार उक्त संस्थाले सांस्कृतिक, शिक्षा र तालिम, स्वतन्त्रता र उद्यमिता, स्वास्थ्य र जागरूकता, सामाजिक संलग्नता त्यसैगरी प्रचार र जनसम्पर्क लगायत विषयमा रहेर काम गर्नेछ।

उक्त संस्थाले कर्णाली घर भई हाल देश तथा विदेशमा रहनुहुने सबैलाई समेट्ने लक्ष्य लिएको छ। सबैलाई समेट्न के कस्तो मापदन्ड बनाउनुपर्छ र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा केही समयपछि कार्यसमितिको बैठक बसी कार्ययोजना तयार गरिने अध्यक्ष वलीलाई बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय